२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक बन्दीपुरमा

पोखरा भ्यूज

बन्दीपुर, तनहुँ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक सुरू भएको छ । 

शनिवार तनहुँ जिल्लाको बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टमा सुरू सल्लाहकार परिषदको बैठकमा ८० जना डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको छ ।

डिष्ट्रिक्टका प्रमुख सल्लाहकार सूर्यकुमार केसीको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित लायन्स लिड़रहरूले आफ्नो अमुल्य सल्लाह सुझाव दिएका छन् ।

परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल, मल्टिपल जिएमटी कोअर्डिनेटर एवं पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी महेश पाण्डे, क्याविनेट ट्रेजरर सन्तोष रावल, पिआरओ ईन चिफ शैलेन्द्र मोहन भट्टराई लगाएतको उपस्थिति रहेको छ ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्टका महत्त्वपूर्ण भावी योजना साथै डिष्ट्रिक्टमा लागू हुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशन बारे जानकारी गराउनु भएको छ। बैठकमा उपस्थित २० जना सल्लाहकार परिषदका सदस्यले आफ्नो राय सल्लाह तथा सुझाव पेस गर्नु भएको क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी गराउनु भयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…