२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

बीपीको योगदान र महिमालाई व्यवहारमा उर्तान जोड

पोखरा भ्यूज
तनहुँ । विपीको योगदान र महिमालाई व्यवहारोन्मुख बनाउन वक्ताहरुले जोड दिएका छन् ।
४१ औं विपी स्मृति दिवसको उपलक्ष्यमा शनिबार दमौलीमा गरिएको कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । विपीको मार्गमा हिड्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस तनहुँका निबर्तमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने विपी कोइरालाबाट राजनीतिक कडोर यात्रमा  सिद्धान्त र इमान र अडानको लागि कहिल्यै झुक्नु हुँदैन भन्ने प्रेरणा प्राप्त हुने बताउनभयो ।
विपीको आदर्श र मागदर्शनलाई भुल्न नहुने उल्लेख गर्नुभयो । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्र निर्माणमा विपिको विचार अहिले पनि सान्दर्भिक रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । मौलिक हक अधिकारको प्रत्याभूत नभएको , अदालतका सवल नभएको अवस्थामा बीपीले कानुनी शासन र संविधानबादको मूल्य मान्यताको स्थापित गर्न प्रयत्न गर्नु भएको काम सबैको लागि प्रेरणको  स्रोत भएको न्यौपानेले बताउनुभयो  । बिपी मित्रता र सद्भाव आज झन् महत्व बढेको उहाँको भनाई थियो ।  कार्यक्रममा बोल्ने वक्ताहरुले उनीहरुले विपीको राजनिती र साहित्यमा महत्पूर्ण योगदान रहेको बताएका थिए  । नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति काजीमान श्रेष्ठ, नेपाल तरुण दल तनहुँका सभापति हिरा थापा, व्यास लगायतले बीपीले देखाएको बाटो नहिड्ने हो भने कांग्रेस कमजोर हुने बताउनुभयो । साथै वक्ताहरुले इमान्दारितापूर्वक जनताको सेवामा लाग्नुपर्नेमा जोड दिएका थिए ।
बीपी स्मृति दिवको उपलक्ष्यमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) को आयोजनामा  दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा वृक्षारोपण तथा गोडमेल कार्यक्रम, नेपाल तरुणदल तनहुँको आयोजनामा दमौली अस्पतालका विरामीलाई फलफूल तथा रक्तदान लगायतका कार्यक्रम गरिएको थियो ।   भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल परेका थिए । १९७१ साल भदौ २४ मा जन्मेका कोइराला क्यान्सर रोगबाट थला परेर २०३९ साउन ६ गते निधन  भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्र्ष गरेका कोइराला २०१६ जेठमा प्रधानमन्त्री बन्नु भएको थियो ।  कोइरालाले साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो  । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
काँङ्ग्रेसले प्रजातन्त्र र जनताका हित कसरी गर्न सकिन्छ भन्नेबारे बिपीको योगदानबाट शिक्षा लिनुपर्ने जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता हुनुहुन्थ्यो  । जुन क्रान्तिको बेलामा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…