
पोखरा भ्यूज
९ साउन, काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा काठमाडौं मेडिकल कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । काठमाडौं मेडिकलमा एमविविएस अध्ययरत २१ औं व्याचका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
उनीहरुले बढी लिइएको शुल्क फिर्ता नगरेसम्म आफूहरुको प्रदर्शन जारी रहने बताएका छन् । प्रदर्शनकारीहरुले विद्यार्थी शोषण बन्द गर, अतिरिक्त शुल्क लिन पाइँदैन, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेमा काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीहरुले बताएका छन् । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको विद्यार्थीहरुको गुनासो छ ।











