
पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिससिटीले जोन टु क्लब भिजिट सम्पन्न गरेको छ । रिजन ३ जोन ६ मा रहेको क्लब पिस सिटीले बुधवार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको लायन बर्ष २०२३/२४ को नारा नेतृत्वका लागि उत्प्रेरित गरौ “इन्सपाएर टु लिड” अन्तर्गत रहेर आफु उत्प्रेरित हुँदै सबै लायन्सहरूलाई उत्प्रेरणा प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष युवराज खनालले बताए ।
जोन टु क्लब भिजिटमा क्लबका जोन चेयरपर्सन सान्तवना पराजुलीले क्लबको मिटिङ संचालन बिधी र प्रक्रिया, प्रोटोकल, सिट म्यानेजमेन्ट, बैठकको महत्व, बैठक संचालनका क्रममा हुने अन्तरक्रिया, बोर्ड र जनरल मिटिङको महत्व, माईन्यूट लेख्ने तरिका, मिटिङका लागि सदस्यका लागि पूर्व सूचना लगाएतका बिषयमा अनुगमन गरी सुझाव दिएकी थिईन् ।
वैठकका प्रमुख आमन्त्रित डिजी टु क्लब भिजिट डिष्ट्रिक्ट को–अर्डिनेटर ऋषि गिरीले डिष्ट्रिक्टको पुरानो क्लब पिस सिटीले गर्ने हरेक कार्य उत्कृष्ट हुने गरेको बताए ।
मिटिङमा क्लबका अध्यक्ष खनालले हालसम्म क्लबले सम्पादन गरेका काम र आगामी कार्ययोजना सचिव रविकुमार श्रेष्ठ र कोषाध्यक्ष तिर्थराज सुवेदीले प्रगति विवरण र आर्थिक विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्टका सिनियर एडभाईजर एवं रिजन एडभाईजर हिरा भण्डारी, रिजन ३ का रिजन चेयरपर्सन भावना बसेल, क्लबका पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीको उपस्थिति रहेको थियो ।







सम्बन्धित खवर
















