
पोखरा भ्यूज
साउन १८, पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ५ अन्तर्गतका लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ ।
विहिवार एस आर केसी क्याटरिङ, माटेपानी पोखरामा सम्पन्न पदस्थापन समारोहमा जोन ५ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा समर्पित, पोखरा बाराही टाउन र पोखरा राईजिङ सनका लायनबर्ष २०२३/२४ का क्लबका निर्वाचित पदाधिकारीहरुको पदस्थापना गरिएको जोन ५ का जोन चेयरपर्सन आरती अधिकारीले जानकारी दिनुभयो । उनिहरूलाई पदस्थापन समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
सो अवसरमा गभर्नर केसीले लायन्स क्लब अफ पोखरा समर्पितको स्पोन्सरमा गठित एक लायन्स क्लब र दुई लियो क्लब क्रमशः लायन्स क्लब अफ काठमांडौं राईजिङ मुन साथै लियो क्लब अफ पोखरा समर्पित र मादी समर्पितको उद्घाटन गर्नु भएको छ ।
पदस्थापन समारोहमा निवर्तमान अध्यक्षहरुबाट क्लबका सम्पूर्ण जिम्मेवारीहरु नयाँ अध्यक्षहरुलाई सुम्पिएको थियो । कार्यक्रममा २०२२/२३ का अध्यक्षहरूले आफ्नो कार्यकालमा सम्पादन गरेका मुख्य कार्यक्रम प्रस्तुत गरेका थिए भने २०२३/२४ का अध्यक्षहरूले आफ्नो कार्यकाल सुरू भएपछी हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम बारे प्रस्तुती राखेका थिए ।
पदस्थापन समारोहमा प्रमुख अतिथि लायन्स ड़िष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले इन्सपाएर टु लिड़को थिममा रहेर कार्य सम्पादन गर्न क्लब पदाधिकारीहरूलाई आग्रह गर्नु भएको थियो । उहाँले लायन्स अन्तर्राष्ट्रियले तोकेको दायराभित्र रही क्लबहरूलाई चलायमान बनाउन र लायन्सले सामाजिक तथा मानविय क्षेत्रमा कार्य गर्ने र गरेकोले कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो । अझै पनि सेवा गर्नुपर्ने ठाउँमा लायन्स पुग्न नसकेको भन्दै त्यस्ता ठाउँमा लायन्स शसक्त रुपमा पुग्नुपर्नेमा उहाँको जोड थियो ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक़्ट गभर्नर रामबहादुर बसेलले लायन बर्ष २०२२/२३ मा उत्कृष्ट कार्य सम्पादन गरेका क्लब अध्यक्षलाई धन्यवाद दिदै लायन बर्ष २०२३/२४ का पदस्थापित अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
लायन्स क्लब अफ पोखरा समर्पितका लायन बर्ष ०२२/२३ का अध्यक्ष भावना बसेल र बर्ष २०२३/२४ का अध्यक्ष बिमला बसेलले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्यकुमार केसीले लायन्सले समाजमा पुर्र्याएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनका सचिव मनरुपा थापाको संचालनमा रहेको कार्यक्रममा समर्पितका प्रथम उपाध्यक्ष बिजय थापा, राईजिङ सनका प्रथम उपाध्यक्ष शोभा गिरी र पोखरा समर्पितका सचिव सरु बसेल र लियो रीशिका बसेलले आ–आफ्नो भनाई राख्नु भएको थियो ।











