
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका भित्र संचालित विधालय तीन दिन बन्द हुने भएका छन् । मंगलवार महानगरपालिकाले एक बिज्ञप्ती जारी गरी हाल पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा मानिसमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको हुदाँ संक्रमणको चक्रलाई रोक्नका लागि तीन दिन विधालय बन्द गर्ने निर्णय गरेको हो ।
बिज्ञप्तीमा जनाईए अनुसार आँखा पाक्ने रोगको प्रभाव विभिन्न विद्यालयहरूमासमेत परिरहेको साथै आँखापाक्ने रोग आफैमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्नको लागि पोखरा महानगरपालिकाको सोमवार महानगरपालिका प्रमुखको संयोजकत्कमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार पोखरामहानगरपलिका अन्तरगतका सम्पूर्ण सामुदायिक संस्थागत र मन्टेसरी स्कूलहरूसमेत वर्षे / हिउँदे /स्थानीयविदाबाट कट्टा हुने गरी ३ दिन विदा दिने निर्णय भएकोले सोही अनुरूप विद्यालय बन्द गर्नु हुन सरोकारवाला सवैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
साथै, सवै विद्यार्थीहरूलाई घरमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बच्ने सूचनामूलक सन्देश संप्रेषण गर्नु हुने समेत अनुरोध गरिएको छ ।











