२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

अन्नपूर्ण-५, कास्कीका भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाको वडा नं. ५ का भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गरेकोछ ।पालिकाले गाउँपालिकाका वडा नं. ५ का भूमिहिन मनबहादुर बिक र जीवन परियारलाई लालपुर्जाको निस्सा वितरण गरेको हो । बिहिवार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी, भूमि आयोग कास्कीका अध्यक्ष गंगा प्रसाद पोखरेल लगाएतले निस्सा वितरण गरेका हुन् ।

गाउँपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण अभियानलाई अगाडी बढ़ाईएको अध्यक्ष केसीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङ, आयोग सदस्य सोमप्रसाद नेपाली र उमाकुमारी थापा, अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरू लगायत राजनैतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिती थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…