२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता

पोखरा भ्यूज
पोखरा । पद्म नर्सिङ्ग होम प्रा.लि.ले जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा -३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा- ११ रानीपौवामा प्रधान कार्यलय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो ।
दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पद्म नर्सिङ्ग होम प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुसिल केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुट दिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सेवा प्राप्त गर्नका लागि सहकारीको सेयर सदस्य भ​एको आधिकारिक प्रमाण पत्र पेस गर्नु पर्र्ने छ । सम्झौतालाई आवश्यकता अनुसार परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मुलक मात्रै नभई सेवा भावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको बताउनुभयो । आफुहरुको परिवारको सदस्यको रुपमा जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.थपिएको र आगमी दिनमा छुट सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उहाँ व्यक्त गर्नुभयो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले आफ्नो संस्थासँग नर्सिङ्ग होमले सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै दुबै संस्था बिचको सम्झौताले एक आपसमा ब्यवसाय प्रबर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो । पद्म नर्सिङ्ग होमले यस अगाडी पोखरा -२६ मा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि. सँग पनि यस्तै सम्झौता गरेको थियो ।
बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा -३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियो । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगायतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…