
पोखरा भ्यूज
२८ साउन, काठमाडौं । जिल्ला कारागार संखुवासभाका प्रमुख राजेन्द्र अधिकार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा अनुसन्धान गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
उक्त घटनामा तानिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भए पनि कारागार प्रमुख अधिकारी यो समाचार तयार पार्दासम्म पक्राउ परेका छैेन भने असई चौधरीलाई भने पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएकामा उक्त घटनामा अनुसन्धान गर्न जिल्ला अदालत संखुवासभाले उनीहरुका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।











