28Shares

पोखरा भ्यूज
२८ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेपछि उडानमा लागेको प्रतिबन्ध हटेको छ ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको जानकारी दिए । यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ ।

यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको थियो ।

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected