२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

उपप्रमुखसँग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित

पोखरा भ्यूज
कास्की, भदौ ३ गते । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् ।कार्यक्रमबाट आर्थिक वर्ष २०७९/८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ । लगानी गरिएको मध्य ५५ जनाले ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि १ करोड ५० लाख विनियोजन भएको छ भने ऋण लगानीबाट फिर्ता आएको १ करोड ७५ लाख ९५ हजार ८ सय रुपैयाँ कोषमा मौजात रहेको छ । चालु आर्थिक वर्षका लागि झण्डै ३ करोड २५ लाख रुपैयाँ रकम उपप्रमुखसँग महिला कार्यक्रम मार्फत ऋण लगानी, कानुनी सचेतना र शैक्षिक सहजताका लागि रहेको सामाजिक विकास महाशाखा महिला विकास अधिकृत एवं कार्यक्रमका सदस्यसचिव विष्णुमाया पौडेलले जानकारी दिनुभयो ।
यसैबीच आर्थिक वर्ष २०८०/८१ मा उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालक समितिका संयोजक एवं उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा यसको प्रभावकारीता, महिलालाई आर्थिक रुपमा सक्षम बनाउन पुर्‍याएको योगदान लगायका विषयमा छलफल भएको थियो । कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै लक्षित वर्गका महिलासम्म पुर्‍याउनुपर्नेमा जोड दिइएको छ । ऋण लगानी गर्दा महिला जनप्रतिनिधिको समन्वयमा उपलब्ध गराउने व्यवस्था गर्न महिला जनप्रतिनिधिले सुझाव राखेका थिए ।
उपप्रमुख गुरुङले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै उपप्रमुखसँग महिला कार्यक्रम संचालनमा ल्याइएको बताउनु भयो । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने विश्वास सहित सञ्चालनमा ल्याएको हो । ‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङको भनाई छ । ‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला  हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम  हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म  हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको हो ।’
उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई प्राथमिता दिइने छ । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति रहेको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा गरिएको छ ।
कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी  जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ । उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले गर्ने ब्यवस्था गरिएको छ । उक्त कार्यक्रमका लागि वडाका महिला जनप्रतिधिलाई कार्यक्रमहरु माग समेत गरिएको छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न महानगरका ३३ वडालाई अनुरोध गरिएको छ ।
छलफल कार्यक्रममा पोखरा वडा नम्वर १७ का अध्यक्ष राधिका योगी शाहिले कार्यक्रमले आर्थिक रुपमा कमजोर महिलाहरुलाई सहजता भएको बताउनु भयो । उहाँले थप ब्यवस्थित बनाउदै कार्यक्रम सञ्चालन गर्न महिला जनप्रतिनिधि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा र महिला विकास अधिकृत एंव कार्यक्रमका सदस्यसचिव विष्णुमाया पौडेलले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…