20Shares

पोखरा भ्यूज

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव-२०८० हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ महोत्सव आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भदौ २५, २६ र २७ गते लेकसाइडस्थित कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवका अवसरमा महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ । पोखराको पर्यटन प्रवर्द्धनमा समेत महोत्सवले योगदान पुग्ने अध्यक्ष कमला गिरीले बताइन् ।

महोत्सवको मुख्य आकर्षणहरुमा धार्मिक एवं पर्यटन स्थल प्रवरद्ध्न, सांस्कृतिक प्रदर्शनी, हस्तकला एवं चित्रकला प्रदर्शनी, महिला हाजिरी जवाफ प्रतियोगिता, प्रदेश स्तरीय तीज गित प्रतियोगिता, गण्डकी प्रदेशका स्थानीय उत्पाथनका प्रवरद्ध्न, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, मैत्रीपूर्ण महिला भलिबल तथा दौड प्रतियोगिता लगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू राधिका हमाल, राजन कार्की, रामजी पौडेल, कृष्ण सुवेदी, माया गुरुङ, चोलेन्द्र पौडेल, तुलसा जिसी, जीवन दाहाल, सुनिता नेपाली, सीता केसी, ज्योति लोहनी, सुमन केसी, घनश्याम रिजाल, सरस्वती लामिछाने, पार्वती गुरुङ लगायतकाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected