
पोखरा भ्यूज
२४ भदौ, पोखरा। तारा एयरले पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ । प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा बन्द रहेको थियो ।
पर्यटनको सिजन आउनै लाग्दा २५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान भर्न लागेको हो । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने कम्पनीले जनाएको छ ।
हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने तयारी छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुँदै आएको छ ।











