२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

रक्तदानमा ४७ युनिट रगत संकलन

पोखरा, २६ भदौ । लायन्स क्लब अफ पोखरा सुन्दरनगरी र नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजित रक्तदानमा ४७ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ स्थित केदारेश्वर मन्दिर गेट परिसरमा आयोजित रक्तदानमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका पदाधिकारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहित पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले एनटिभिएका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

एनटिभिए गण्डकीका अध्यक्ष बाबुराम पाण्डेले संस्थागत रुपमा वर्षेनी रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै रक्तदातालाई आभार एवम् कृतज्ञता व्यक्त गरे ।

एनटिभिएका अध्यक्ष पाण्डेको अध्यक्षता एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक श्याम लामिछानेले धन्यवाद व्यक्त गरेका थिए ।

उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिएका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मदन शर्मा खनाल, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५के नेपालका ब्लड डोनेशन चिफ श्यामकृष्ण श्रेष्ठ र डिष्ट्रिक्ट रिपोटिङ चिफ महेश पौडेल लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…