13Shares

पोखरा भ्यूज

पोखरा, ५ असोज । रोटरी क्लब अफ पोखरा न्यूरोडले शुक्रवार पोखरा१४, मझेरीपाटन स्थित शहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। विहान १२ बजेदेखि दिउँसो बजेसम्म चलेको उक्त शिविरमा २६० जना बिधार्थीसहित अन्यको आँखाको विशेष जाँच गरिएको थियो

शिविरमा निःशुल्क औषधि एवम् चस्मा वितरण पनि गरिएको थियो शिविरमा आँखा जाँच गराएकामध्ये ३ जनाको लागि शल्यक्रिया गर्नुपर्ने भएको हुदाँ थप उपचारका लागि आयोजक संस्थाले खर्च ब्यहोर्ने गरी मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष पुष्पकमल पौडेलले जानकारी दिए

बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा संचालित शिविरमा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो भने सहयोगी संस्थाहरुमा इनरह्विल क्लब न्यूरोड पोखरा, रोट्याक क्लब अफ पोखरा न्यूरोड रोट्याक क्लब अफ मणिपाल कलेज रहेका थिए

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रामबिक्रम अधिकारीको अध्यक्षता पोखरा महानगरपालिका१४ का वडा सदस्य तनुजा थापाको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सहयोगी संस्थाका बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, मणिपाल शिक्षण अस्पताल, पोखराका जन सम्पर्क अधिकृत कृष्ण मोहन श्रेष्ठ, अस्पतालका डा. लक्ष्मण तिमिल्सिना, इनरह्विल क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष मीना शर्माले आँखाजाँचका बिषयमा आफ्ना भनाई राखेका थिए

बिधालयका प्राचार्य कल्पना चिलुवालले बिधालयको गतिविधि बारे प्रकाश पार्दै सम्पूर्णलाई स्वागत गरेकी थिईन् भने बिधार्थी केशब छन्त्यालले रोटरीले बिधालयमा बिधार्थी लक्षित कार्यक्रम गरेकोमा आभार व्यक्त गरेका थिए

क्लबका सचिव पुष्पराज पराजुलीको संचालनमा रहेको कार्यक्रममा क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्माले धन्यवाद मन्तव्य राखेका थिए

कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका संस्थापक अध्यक्ष रबिराज बराल, पूर्व अध्यक्ष सुवाष सिग्देल, पुष्पकमल पौडेल लगाएत क्लबका पदाधिकारी त्यस्तै इनरह्विल क्लबका पूर्व अध्यक्ष,पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो

क्लबले यस अघि सो बिधालयमा फलफूलहरुको बिरुवा रोपण गरी रोटरी बगैचा निर्माण अभियान थालेको क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, महिला, बालबालिका लक्षित कार्यक्रमसँगसगैनिःशुल्क स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गर्दै आएको क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected