99Shares

पोखरा भ्यूज

पोखरा, २० असोज । लायन्स क्लब अफ पोखरा बाराही टाउन पोखरा राइजिङ्ग सनको संयुक्त आयोजनामा शनिवार डाईवेटिक अवार्नेस एवं सुगर टेस्ट कार्यक्रम सम्पन्न गरेको

पोखरा१५, नयाँ गाउँस्थित खरवारीटोलमा आयोजित डाईवेटिक अवार्नेस एवं सुगर टेस्ट कार्यक्रममा १३५ जना लाभान्वित भएको क्लबका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी)ले जानकारी दिईन्

क्लबका अध्यक्ष अध्यक्ष एन्शोभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिजन एण्ड आई क्याम्प एडिशनल डिष्ट्रिक्ट चिफ भरत सिग्देल, रिजन चेयरपर्सन भावना बसेल, जोन चेयरपर्सन आरती अधिकारी लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडर एवं क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो  मणिपाल शिक्षण अस्पतालमा कार्यरत पाँच जना बिएन नर्स सहित एक जना ल्याब टेस्ट  एक जना डाईवेटिक अवार्नेस लागि सिनियर नर्सको उपस्तिथि रहेको कार्यक्रममा टोलबासीलाईको वजन, उचाई प्रेसर जाँच गरिएको कार्यक्रमका संयोजक चन्द्र नगरकोटीको बताईन्

कार्यक्रमलाई सफल गराउन टोलका अध्यक्ष बिष्णु तिवारी, महिला समुहका अध्यक्ष हरिमाया भण्डारी साथै ह्यप्पी होमका संचालक रोमा राउत शाक्य लगाएतको उल्लेख्य सहयोग रहेको आयोजक क्लबका सचिव मनरूपा थापाले जनाईन् ।

99Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected