19Shares

पोखरा भ्यूज

पोखरा, २१ असोज लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ २७ गते हुने दोस्रो क्याविनेट मिटिङको तयारी अन्तिम चरणमा पुगेको दोस्रो क्याविनेट मिटिङ भब्य रूपमा सम्पन्न गर्नका लागि आइतवार पोखरा एरियाका लायन्स लिडरहरूको भेला सम्पन्न भएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा आदर्शका अध्यक्ष बिष्णु गौतमले जानकारी दिए भेलामा डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानासहित पोखरा एरियामा रहेका क्लब अध्यक्ष, जोन/ रिजन चेयरपर्सनका साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

भेलामा आयोजक क्लबको तर्फबाट हालसम्म भएको तयारी सम्बन्धमा जानकारी गराईएको थियो लायन्स क्लब अफ पोखरा आदर्शको ब्यवस्थापन पोखरा स्थित सम्पूर्ण लायन्स क्लबहरूको सहयोगमा दुईदिनसम्म चल्ने मिटिङ पोखरा माटेपानीस्थित एस. आर. केसी क्याटेरिङमा हुने दोस्रो क्याविनेट मिटिङ तयारी समितिका संयोजक नविन भण्डारीले जानकारी गराए

दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोअर्डिनेटर सुरेन्द्रमान सिं भण्डारी सहसंयोजक रहने गरी विभिन्न १३ वटा उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्रायाईएको

अन्तरक्रियामा उपस्थित विभिन्न क्लबका अध्यक्षहरूले दोस्रो क्याविनेट मिटिङ सब्य भव्य रूपमा सम्पन्नगर्नका लागि आफ्नो तर्फबाट प्रतिबद्वता व्यक्त गरेका छन्

कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पोखरामा हुने जुन सुकै कार्यक्रमलाई सुन्दर ढंगले प्रस्तुति गर्दै आएको स्मरण गर्दै पोखरेंलीबिच भएको एकता नै यहाँको सुन्दरता रहेको बताए रजिष्ट्रेसन मात्र ठुलो नभई कार्यक्रममा उपस्थिति रहनु पनि महत्वपूर्ण बिषय रहेको पनि बताए

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected