41Shares

पोखरा भ्यूज
पोखरा महानगरपालिका वडा नं. १६ वाटुलेचौरस्थित कालिका मन्दिरमा वडादशैंभरि नवदुर्गा पूजा तथा आरती गरिने भएको छ । परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्न स्थानीय हिमालय क्लवलय यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन लागेको सचिव शिवराज देवकोटाले जानकारी दिएका छन् ।

सचिव देवकोटाका अनुसार असोज २८ गतेदेखि घटस्थापनादेखि कार्तिक ७ गते वडादशैं टीकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पुजा गरिने छ । कालिका मन्दिरमा वाईसी चौविसे राजाका पालादेखि नै वडादशैंमा नवदुर्गा पूजा हुँदै आएको किम्बदन्ति छ ।

दुर्गा पूजालाई व्यवस्थितत रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ । संयोजक थापाका अनुसार नवदुर्गा पूजा अन्तर्गत घटस्थापनाको दिनदेखि दशमीसम्म विहान नित्य पूजा, चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गरिनेछ ।

त्यस्तै फूलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्राको कार्यक्रम तय गरिएको छ । यद्यपि मन्दिरमा नियमित रुपमा पूजाआजा हुँदै आएको छ । नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पूजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले बताए ।

यसैबीच हिमालय क्लवले वडादशैंमा कालिका मन्दिरमा हुने नवदुर्गा पूजाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । क्बले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी पूजाको तयारीबारे जानकारी दिएको हो ।

दुर्गा पुजामा शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहने क्लबले जनाएको छ ।

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected