पोखरा भ्यूज
पोखरा, ३० असोज । नेपाल महिला संघ पोखरा महानगर समितिमा पदाधिकारीले पूर्णता पाएको छ । यस अघि भाद्र ६ गते बाँकी सदस्यहरु पछि मनोनयन गर्ने गरी अम्बिका ढुङ्गाना नगर सभापतिमा चयन भएकी थिईन् ।

मंगलबार नेपाली कांग्रेस पोखरा महानगर समितिको कार्यालय चिप्लेढुङगामा आयोजित एक कार्यक्रममा सभापति अम्बिका ढुंगानाले पदाधिकारी मनोनित गरी पूर्णता दिएकी हुन् । २५ सदस्य रहने कार्यसमितिमा सदस्यहरू केहि मनोनित भएका छन् भने केहि अझै बाँकी रहेको ढुंगानाले जानकारी दिईन् ।



मनोनित हुने पदाधिकारीमा उप–सभापतिमा निर्मला ढकाल, सचिबद्वयमा कल्पना थापा र प्रिति पाण्डे, सह–सचिवद्वयमा सिता रेग्मी बास्तोला र मालती बास्तोला अधिकारी साथै कोषाध्यक्ष सृजना श्रेष्ठ रहेका छन् ।

नेपाल महिला संघ जिल्ला सभापति मिना पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्दिय सदस्य सारदा पौडेल, कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुङ, कांग्रेस महानगर सभापति शुरेन्द्रमान बिजुक्छे, उप-सभापति भवसागर बराल, महानगर समितिका प्रवक्ता धनन्जय पौडेल लगाएतले शुभकामना एवं बधाई ज्ञापन गर्दै सफल र रचनात्मक कार्यकालको कामना गरेका थिए । कार्यक्रममा महिला संघका जिल्ला एवं क्षेत्रका पदाधिकारी एवं सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।




