0Shares

पोखरा भ्यूज
१६ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) फेरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले सिडियो फेरेको हो ।

न्त्रालयले बिहीबार मात्र ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको छ भने १५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ ।
मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई सरुवा गरेर दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ ।

बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी फेरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected