4Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट स्थित श्री कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन् ।

सामुदायिक विद्यालयहरूको सबलीकरण सहित सुविधायुक्त बनाउने र शिक्षण सिकाइ क्रियाकलापहरूलाई उपलब्धिमूलक बनाउन यस प्रकारका गतिविधिहरू प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरले १७ बुँदे निर्देशन सहित सबै विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको उनले स्मरण गराए । सुविधा वृद्धि गरिएको र विद्यार्थीहरूको दैनिक खाजा खर्चमा थप गरिएको प्रमुख आचार्यले बताए ।

विद्यालयमा सुरु भएको बस सेवाले विद्यार्थीहरूको आकर्षण बढाउने विश्वास गरिएको वडा अध्यक्ष भरत बहादुर अधिकारीले बताए । महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताए । शिक्षालाई प्रतिस्पर्धी बनाउन अझ धेरै प्रयत्न गर्न जरुरी रहेको उनको भनाई थियो ।

विद्यालय कास्की जिल्लामा उत्कृष्ट तेस्रोमा परेको जनाइएको छ । एसइई नतिजामा विद्यालय कास्की जिल्ला मै तेस्रो भएको हो । विद्यालयमा बस सेवा सुरु भएपछि विद्यार्थीहरू खुसी भएका छन् । महानगरपालिका र विद्यालयको ५०/५० साझेदारीमा बस खरिद गरिएको हो ।

महानगरका १५ विद्यालयहरूमा यसरी नै साझेदारी बस हस्तान्तरण गरिएको शिक्षा महाशाखाले जनाएको छ ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected