0Shares

पोखरा भ्यूज

पोखरा पुतली बाजेभनेर चिनिने बेलायती नागरिक कोलिन स्मिथको निधन भएको

लामो समय पिसाव सम्बन्धि रोगले थलिएका (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको शनिवार बिहान तीन बजे निधन भएको हो । उपचारका क्रममा पोखराको हरियोखर्क अस्पतालमा ८७ बर्षको उमेरमा निधन भएको हो

नेपालमा पुतलीको अनुसन्धानका उनी जानकार थिए । नेपालमा उनले गरेको पुतलीको अनुसन्धानबारे योगदान अतुलनीय पुतलीको संरक्षण, खोज अनुसन्धानगरेवापत् उनलेपुतली बाजेको उपनाम पाएका हुन्

उनकै पहलमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजिम पुतलीसंग्रहालयको नामले चिनिन्छ। सन् १९६५ मा खुलेको यो संग्रहालयमा विभिन्न खालका जीवजन्तु, पशुपंक्षीसंग्रहित छन् तीमध्ये सबैभन्दा बढी पुतलीका प्रजाति छन्। उनले पुतलीबारे करिब दर्जन पुस्तक लेखेकाछन्।

उनले नेपालमा पाइने करिब साढे सय प्रजातिका पुतलीको खोज अनुसन्धान गरेर सोही संग्रहालय सजाएकाहुन्। आजभन्दा करिब ६० वर्षअघि पोखराको लामाचौरस्थित नेपाली आदर्श विद्यालय पढाउन आएकाबेलायती नागरिक कोलिन स्थिम नेपालमै रमाए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected