0Shares

पोखरा भ्यूज
१८ कात्तिक, जाजरकोट । भूकम्पको क्षतिले सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । उनका अनुसार जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समेत समस्या भएको छ ।

रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामीलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो । रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ ।

भूकम्पको केन्द्रविन्द रहेको बारेकोट गाउँपालिकाको भने विवरण आइसकेको छैन । यस क्षेत्रमा सग्ला घरहरु समेत नदेखिने गरी क्षति भएको स्थानीयले बताएका छन् । यस गाउँपालिकामा मानवीय क्षति बढी हुने प्रारम्भिक अनुमान छ । यद्यपि थप विवरण आउन भने बाँकी नै छ । प्रभावकारी सञ्चार सुविधा नभएका कारण पूर्ण विवरण नआएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected