47Shares

पोखरा भ्यूज

पोखरा । ढिकुरपोखरी समाज पोखराले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको कार्तिक २४ गते सुक्रवार पोखरा जिरो किमिस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा बडादशै, तिहार, नेपाल सम्वत् छठ, ल्होसार लगाएत समस्त नेपालीका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तय भएको समाजका सचिव लोकनाथ भण्डारीले जानकारी दिए

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने शुभकामना आदानप्रदानमा समाजबाट तयार पारिएको ढिकुरपोखरी दर्पण२०८० को पनि विमोचन गरिने सचिव भण्डारीले बताए

चाड पर्वहरूमा समाजमा आवद्व सबै सदस्यहरू एकजुट भएर एकै ठाउँमा मनाउनुपर्ने औल्याउँदै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा उर्जा मिलोस् भन्ने उद्देश्य अनुरूप प्रत्येक वर्ष समाजले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष सोमनाथ पौडेलले बताए

47Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected