8Shares

पोखरा भ्यूज

कार्तिक २३, पोखरा । गण्डकी प्रज्ञा-प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान-प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र संस्कृतिको आदान-प्रदानका कार्यक्रम गरिने बताइन् । उनले नेपालको सुन्दरतासँगै यहाँको संस्कृतिको बारेमा खुलेर प्रशंसा गरिन् ।

गण्डकी-प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले एम.ओ.यू. सम्झौता सँगै दुई संस्था मिलेर कला, संगीत र संस्कृतिको क्षेत्रमा काम गरिने जनाए । यसरी सहकार्य गर्दा विदेशमा यो क्षेत्रमा प्रयोग भइरहेका विभिन्न नवितम् ज्ञान समेत जान्ने बुझ्ने अवसर मिल्ने उनको भनाइ छ । एक अर्काबिचको सहकार्यमा प्रभावकारी कार्यक्रम गर्न सकिने भएकोले नेपालका रहेका विभिन्न प्रज्ञा-प्रतिष्ठान, संस्था सहित विभिन्न देशमा क्रियाशिल संस्थासँग समेत सहकार्य गर्ने कार्य भइरहेको सुनाए । गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षातामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङले गरेका थिए ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected