2Shares

पोखरा भ्यूज

पोखरा ।  पोखरा महानगरपालिका वडा नं  ३३ मा रहेको शान्ति उदय  माविमा विहिवारदेखि कास्की रेडक्रसको जिल्लास्तरीय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ ।
गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका वीच उद्घाटन गर्दै रेडक्रस जस्तो मानवीय सेवामुखी संस्थामा लाग्न विद्यार्थीलाई प्रेरित गरे । उनले जुनियर तथा युवा रेडक्रस सहयोगी संस्था भएको उल्लेख गर्दै आवासीय तालिम सफलताको शुभकामनाका साथै उनी आफैले अध्ययन गरेको बिद्यालयमा कार्यक्रम हुँदै गरेकामा सफलताका लागि आर्थिक सहयोग गर्न आफू तयार रहेको र वडालाई पनि आग्रह समेत गरे ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल शान्ति उदय माविको ब्यवस्थापनमा सुरुभएको उक्त तालिममा स्वागत गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले कार्यक्रम सम्पन्नताका लागि  सबैको सहयोगको अपेक्षा गरे ।
युवा रेडक्रस सर्कलका अध्यक्ष मुक्ति गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी कास्कीकी उपसभापति उर्मिला खड्का, पोखरा महानगरपालिका वडा न ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाईटी कास्कीका  जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, नेरेसो पोखरा ३३ भरतपोखरी उपशाखाका सभापति टुकराज भण्डारी,गैरीभञ्ज्याङ काफलडाँडा बन उपभोक्ता समितिका अध्यक्ष केशबराज आचार्य भाइ, प्रअ टेकनारायण गिरी,  व्यबस्थापन समितिका पूर्व अध्यक्ष मनोहर अचार्य, पूर्व विद्यार्थी मञ्च अध्यक्ष मोती भुजेल लगायतले रेडक्रसको महत्वका वारेमा बोल्दै तालिम सफलताको शुभकामना दिएका थिए ।
विहिवार रेडक्रसका प्रशिक्षकहरु देवनारायण पौडेल, नवराज भण्डारी, देबराज शर्मा,कल्पना ज्ञवाली लगायतले सहजीकरण गरेका थिए । युरेसकी सचिव सविता विकले रेडक्रसका सात सिद्धान्त वाचन गरेको उक्त कार्यक्रम संचालन शिक्षक नायक देबराज शर्माले गरेका थिए । कास्की जिल्लाका ४२ युवा रेडक्रस सर्कलका करीव १५० जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिम शुक्रवार सम्पन्न हुने बताइएको छ । प्रअ एवम् युवा रेडक्रस सर्कलका संरक्षक टेकनारायण गिरीले धन्यवाद ज्ञापन गरेका थिए भने विविध साँस्कृतिक प्रस्तुतिहरु समेत रहेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected