8Shares

पोखरा भ्यूज

पोखरा । नेपाल भ्रमणका क्रममा पोखरा आइपुग्नु भएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ सहितको चिनियाँ प्रतिनिधि मण्डललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गर्नुभएको छ ।

सो अवसरमा प्रमुख आचार्य र सचिव छुङछेङ बिच दुइपक्षिय हितका विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा नगरप्रमुख आचार्यले पर्यटन लगायत समग्र पोखराको विकासमा चिनियाँ सरकारले पुर्‍याउँदै आइरहेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहर जोडिने गरी सिधा हवाई सेवा सञ्चालन गर्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो ।

केही समय अगाडी पोखरा महानगरपालिकाबाट चीनको लिन्झी पुगेको नेपाली सांस्कृतिक टोलीद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम आफूलाई निकै मन परेको सचिव छुङछेङले बताउनुभयो । आफ्नो तर्फबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन तथा पोखराको प्रचारप्रसारलाई प्राथमिकता दिँदै चिनिया नागरिकहरूलाई पोखराको भ्रमण गर्न आव्हान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हिमालयन एयरलाइन्सको चार्टर विमानमार्फत पोखरा आएको नेता छुङछेङ सहितको चिनियाँ प्रतिनिधि मण्डलले शनिवार फेवातालमा ढुङ्गा शयर गर्नेछ भने, शनिवार नै सराङकोट क्षेत्रको भ्रमण पनि गर्नेछ । टोली शनिवार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected