43Shares

पोखरा भ्यूज

पोखरा । नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण सम्शेर राणाको ४६औं स्मृति दिवसको अवसरमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको सभाहलमा शुक्रबार भएको नेपालको प्रजातान्त्रिक आन्दोलन र सुवर्ण सम्शेर विषयक भएको अन्तरक्रियात्मक विचार गोष्ठीमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सुवर्ण स्मृति परिषद गण्डकी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै सभापति शर्माले सुवर्ण सम्शेरलाई कसैले पढ्न नभ्याएको खुल्ला किताब भनेका थिए, “सुवर्ण जी खुल्ला किताब हो तर कसैले पढ्न नभ्याएको । उहाँ सामन्ती संस्सकार राणा खानदानमा जन्मे पनि राणा परिवारबाटै तिरस्कृत भएर भारत गएर उहाँले भारतमा कमाएको अथाहा सम्पती आफ्नो नीजि परिवारमा उपयोग नगरी जे कारण आफुहरु उपेक्षित हुनुपरेको थियो त्यसको अन्त्य र प्रजातन्त्र स्थापना गर्नको लागि लाग्नुभएको हो”, उनले भने ।
प्रजातन्त्र प्राप्तीमा सुवर्ण सम्शेरको ठूलो योगदान रहेको र प्रजातन्त्र प्राप्ती पछि प्रजातन्त्रलाई बलियो बनाउन नेपाली काँग्रेसको तर्फबाट धेरै कार्यक्रम गरेको बताउनुका साथै वीपीले विचार र सिद्धान्त दिएको र मुर्तरुप सुवणर्जीले दिनुभयो, सभापति शर्माले भने ।, प्रजातन्त्रको प्रतिकको रुपमा वीपी कोइराला र प्रगति, उन्नती र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने आधारको प्रतिकका रुपमा सुवर्ण सम्शेर रहेको बताउनुका साथै प्रजातन्त्रलाई बलियो बनाउने काम हामीले नगरेको कारण सुवर्ण नाम ओझेलमा परेको सभापति शर्माले बताएका थिए ।
शर्माले “सुवर्ण जीले नेपाली काँग्रेस र प्रजातन्त्र स्थापनाका लागि गरेका योगदान र देखाएको बाटोमा लाग्न सक्ने हो भने छोटो समयमा नै देशलाई सम्पन्न बनाउन सकिने बताउँदै नेपालको पहिलो अर्थमन्त्री हुँदा उहाँले ल्याएको नीति आजका दिनसम्म पनि उत्कृष्ट छ”, भने ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखललाल श्रेष्ठले सुवर्ण सम्शेरको त्यागको बारेमा नेपाली काँग्रेसका सम्पूर्ण कार्यकर्तालाई जानकारी नभएको र जानकारी गराउनुपर्ने बताएका थिए । त्यसैगरी सुवर्ण सम्शेर स्मृति परिषदका अध्यक्ष डा. बासुदेव भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

गोष्ठी पत्र (कार्यपत्र) प्रस्तुत गर्दै परिषदका सचिव भीमनाथ बरालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण सम्शेरले पुर्याएको योगदानको विषयमा चर्चा गरे । नेपाली काँग्रेसको स्थापना, राणा विरुद्धको क्रान्ति, समाजवादको व्यवहारिक प्रयोग र देशका राष्ट्रिय सवालहरुमा एकता र मेलमिलापको सन्देश प्रवाह गर्ने काममा सुवणर्ले पुर्याएका योगदानका साथै सामन्तवादबाट समाजवाद तर्फको अवतरणमा अव्वल भुमिका निर्वाह गरेको उनले बताए । उक्त कार्यपत्रको टिप्पणी डिएल कास्कीका अध्यक्ष कपिलमणी दाहालले गरेका थिए ।

परिषद्का कोषाध्यक्ष शान्ती खनालले कार्यक्रम सन्चालन गरेको गोष्ठी कार्यक्रममा नेपाली काग्रेस कास्की जिल्ला उपसभापति युवराज कुँबर, नेपाली काग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागका उप प्रमुख प्रा.डा. कुशुमाकर न्यौपाने, पोखरा महानगर वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्रा.डा.बेदनाथ शर्मा, पोखरा वडा नं. २२ का सभापति होम प्रसाद बराल, टेड युनियन कास्कीका पूर्व अध्यक्ष कुलदेवी बराल, कांग्रेस नेतृ माया बराल, शारदा गिरी, नेत्रपाणी न्यौपाने, मदनप्रसाद बराल, तारानाथ शर्मा, दुर्गा बहादुर सुनार, रसिसहरि भण्डारीलगायतले बोलेका थिए ।

43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected