27Shares

पोखरा भ्यूज
पोखरा, २५ कार्तिक । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ ।
हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यसगै सरोकारवाला बिचको भेला पछि भएको छलफलले हीरक जयन्तीका लागि मुल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।
गठन भएको दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा संयोजक रहेका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा रहेका छन् । शनिबारको भेलामा १६८ जना उपस्थित रहेकोमा उनीहरु सवैलाई मुल समितिको सदस्यमा चयन गर्ने निणर्य भेलाले गरेको थियो । समितिमा आवश्यकता अनुसार सरोकारवाला अन्यलाई पछि सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिए ।
२१ सदस्य कार्य सम्पादन समितिको उपाध्यक्षमा विद्यालयका लागि जग्गा दान गर्ने जग्गादाता रत्नाखर पराजुली परिवारको तर्फबाट शिव प्रसाद पराजुलीलाई भेलाले चयन गरेको छ । समितिको सहसचिवमा स्थानीय कल्पना आचार्य बास्तोला, कोषाध्यक्षमा पुर्व विद्यार्थी सृर्य प्रसाद सुवेदी र सह कोषाध्यक्षमा विद्यालयका लेखापाल गिता अधिकारीलाई भेलाले चयन गरेको थियो । शनिबार सम्पन्न भेलाका लागि सरोकारवालसंग समन्वयको काम शिक्षक नारायण प्रसाद चापागाई र खेमराज अधिकारीले गरेका थिए ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको भेलामा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका पुर्व विद्यार्थी, शिक्षकसगै व्यवस्थापन समितिका अध्यक्ष भएर काम गरेका रामराज रेग्मी, समाजसेवी विश्व मोहन गौचन, पुर्व विद्यार्थी तिर्थ श्रेष्ठ, टिकाराम ढुगाना, क्रीषि पौडेल, कल्पना आर्चाय बास्तोला, चक्रपाणी सुवेदी, विष्णु प्रसाद अधिकारी, वोधराज गिरी लगायतले आ आफनो भनाई व्यक्त गदै हीरक जयन्तीलाई भब्य र सभ्य रुपमा प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।
भेलाले हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने निणर्य समेत गरेको छ । आउदो मंसिर २० गते आयोजना गरिने प्रभात फेरी सगै हीरक जयन्तीको शुभारम्भ कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैले आ आफनो सहयोग गर्ने निणर्य समेत भेलाले गरेको छ ।
२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्कीकृती पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमाणर्को काम सुरु भएको थियो । नदिपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको हो । त्यसपछि श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निर्माण सम्झौता भएको थियो । भवन निमाणर्को शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तीर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु भएको विद्यालयमा हाल ४४ जिल्लाका एक हजार चार सय विद्यार्थीहरु अध्य्यनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको सुचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected