0Shares

पोखरा भ्यूज

२६ कात्तिक, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा भएको आगलागी परी जलेर आमाछोराको मृत्यु भएको छ । शनिबार राति स्थानीय ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनीसँगै अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको छ । आगलागीको घटनाका के कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected