91Shares

पोखरा भ्यूज

पोखरा भर्खर भर्खर जवानीका रङ अनेकन उमङ्ग चढ्दै गरेका सङ्गीसाथी छुट्टिएर एक्कासी ३३ वर्षपछि भेट्दा सबैले सबैलाई शायदै चिने होलान् लाली चढेको जवानी, भरभराउँदो शशरीरमा देखिएका साथीहरुका फुलेका केश, चाउरी परेको अनुहार देख्दै अधिकांश एक अर्कालाई हेरेको हेरेई भए कतिले पुनः एक अर्कामा परिचय पनि गरे

कास्कीको तत्कालीन ढिकुरपोखरीमा रहेको माछापुच्छ्रे माध्यामिक विद्यालयबाट २०४७ सालमा एसएलसी दिने विद्यार्थीहरुको जमघटमा देखिएको दृश्य हो यो रोजी रोटीका लागि जिन्दगीको पापड पेल्दै अर्धशताब्दी पार गरेका प्रौढहरुको भेला निकै रोचक देखिन्थ्यो भेलामा अधिकाँशले नयाँ परिचय पनि दिए आफूले ३३ वर्षे अवधिमा पाएका दुःख, हण्डर सफलताका कथासम्म सेयरिङ्ग गर्न भ्याए

त्यसो करिब आठ वर्षअघिदेख़ि यी साथीहरु सामाजिक सञ्जाल फेसबुक ग्रुपमा जोडिएका थिए त्यसरी जोडिने अभियान पत्रकार टंकराज अधिकारीले आरम्भ गरेका थिए यसरी ग्रुपमा जोडिए पनि जमघट हुने अवसर जुरेको थिएन तर दिपावलीको शुभकामना साट्न साथीहरू बीच भेलाको परिकल्पना गरे , सबै साथीहरूको सहयोगमा आइतबार पोखरा २४ खड्गाउँस्थित मुनलाईट होमस्टे एण्ड क्यापिङ्ग साइटमा भेलाको संयोजन गरी साथीहरुको अुनभव अनुभूति सुन्ने सुनाउने चाँजोपाँचो मिल्यो  उनीहरु माछापुच्छ्रे मावि, ढिकुरपोखरी एसएली व्याची समूह२०४७ लेखिएको व्यानरमा गोलबन्द हुँदै पालैपालो आआफ्नो भोगाई सुनाउँदै गए   ३३ वर्षपछि यसरी भेट भएर एकअर्कालाई पढ्दै, नियाल्दै  त्यो बेलाको स्मरण गर्दै आफ्ना अनुभूति सुनाउन पाउँदा ख़ुशी लागेको यो एउटा ऐतिहासिक अवसर हो,’ पूर्व बिधार्थी एवं नेपाली कांग्रेस कास्कीका जिल्ला उपसभापति समेत रहेका युवराज कुँवरले भने साथीहरुका अनुभव अनुभूतिले नयाँ उमंग थपेको ,’ हामी यो समूहलाई थप संगठित गर्दै रचनात्मक कार्यमा जुट्ने छौ, नेपाली सेनाका क्याप्टेन रहेका पूर्व विद्यार्थी भिमबहादुर भुजेलले भने

जमघट भेलामा परिणत, आगामी फागुन १९ गते बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने

माछापुच्छ्रे मावि, ढिकुरपोखरी एसएलसी व्याची समूह२०४७ को पहिलो भेटघाट भेलामा परिणत भएको भेलाले ०४७ समूहका पूर्व बिधार्थी टंकराज अधिकारी संयोजक रहने गरी सदस्य सचिवालय गठन गरेको सचिवालय सदस्यमा विष्णुप्रसाद शर्मा, हरिराम भण्डारी, नारायण बहादुर कुँवर, गणेश प्रसाद अधिकारी, हरिकुमारी केसी, सरस्वती अधिकारी, राजु प्रसाद दाहाल देवनारायण पौडेल रहेका छन्

समूहले फागुन १९ गते बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने

समूहले आगामी फागुन १९ गते बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने भएको

एसएलसी ब्याची समूह२०४७ बिच एकता अझ मझबुत प्रगाढ बनाउने उद्धेश्यले बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने भएको छ 
उक्त बनभोज कार्यक्रम मार्फत साथीहरू विचको एकता आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास लिईएको समूहका सदस्य गणेशप्रसाद अधिकारीले बताए

91Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected