62Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । लक्ष्मी आधारभुत बिधालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको  अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउँदुर मैदानमा अवस्थित लक्ष्मी आधारभूत बिधालयले शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर केसीको अध्यक्षता, गण्डकी प्रदेश सरकार शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व जिविस सभापति पुन्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष युबराज कुँवर, वडा नं. तीनका वडाध्यक्ष फणीन्द्र प्रसाद पौडेल एवं जनप्रतिनिधिहरु, वडा भित्रका बिधालय ब्यबस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, आमासमुहका अध्यक्ष, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, छिमेकी बिधालयका प्रधानाध्यापक, ब्यबस्थापन समितिका अध्यक्ष लगाएत पूर्व बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको नृत्य प्रतियोगितामा लक्ष्मी आधारभूत बिधालयका छात्रा करिना पौडेल प्रथम, पाउदुर आधारभूत बिधालयका छात्रा पुजा बिक द्वित्तिय, बाल ज्योतिआधारभूत बिधालयका छात्रा सबिना अधिकारी तृत्तिय बालमन्दिर मा बिका छात्र कुश पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए

कार्यक्रममा प्रमुख अतिथी शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उपसचिव धनश्याम पौडेलले अहिलेको समय डिजिटल युग भएकोले बिद्यार्थीलाई प्रबिधी मैत्री बाताबरणमा अध्ययन अध्यापन गराउनुपर्ने, शिक्षाकहरु पनि यसमा अभ्यस्त हुनुपर्ने बताए उनले प्रतिबेदन प्रस्तावहरु बिना सहयोग कार्यक्रम माग गर्न नसकिने भन्दै समय अनुसार आफुलाइ पनि स्तरोन्नति गर्दै लैजानु पर्ने कुरामा जोड दिएका थिए 

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका निवर्तमान अध्यक्ष युवराज कुँवर, शिक्षाप्रेमि भेषराज पौडेल, कुल बहादुर गुरुङ (कुलु), वडा अध्यक्ष फणीन्द्र प्रसाद पौडेल लगाएतले विधालय अन्य बिधालयको तुलनामा अब्बल रहेको अझ उचाईमा पुर्‍याउन सबैलाई आग्रह गरेका थिए पूर्व बिधार्थीहरू उज्ज्वल पौडेल, छबिराज पौडेल, सन्देश पौडेल, लोकनाथ पौडेल, डा.लक्ष्मी पौडेल, अन्नपूर्ण का वडा सदस्य समेत रहेका कृष्णप्रसाद पौडेलले बिधालय स्थापना कालको सम्झना गर्दै आफुहरूले परालको थर्कटीमा काठको मुढामा बसेर पढेको स्मरण गर्दै बिधालय शिक्षकहरुले आफुलाइ दिएको प्राथमिक शिक्षाको जग बलियो भएकोले नै विभिन्न क्षेत्रमा सफलहुन सकेको बताउदै विद्यालयको गरिमा बढाउन हर तरहबाट सहयोग गर्ने बताए

कार्यक्रममा पूर्व बिद्यार्थी, पूर्व बि.ब्य.. अध्यक्ष, पूर्व शिक्षाकहरुको अनुभव समेटिएको बिधालयको इतिहास र बर्तमान झल्काउने भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो सो अवसरमा बिधालयको श्रीबृद्वी महत्वपूर्ण भूमिका खेलेका अक्षयकोष दाताहरुलाई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो

बिधालय  ब्यबस्थापन समितिका अध्यक्ष डिलबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक टंक प्रसाद भण्डारीले बिधालयको प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक प्रमिला बराल पौडेलले स्वागत  शिक्षक तारानाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए

पूर्व बिधार्थी मंचमा छबिराज पौडेल

कार्यक्रमको समापन पश्चात पूर्व बिधार्थी छबिराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय पुर्व बिद्यार्थी मंचको गठन भएको मंचको उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिबमा सन्देश पौडेल, सहसचिव लोकनाथ पौडेल, कोषाध्यक्षमा परशुराम पौडेलदिपकचयन भएका छन्

त्यसैगरी, सदस्यहरुमा शिबकुमार पौडेल, सन्जिता पौडेल, उज्ज्वल पौडेल, ऋषिराम पौडेल, जतिन परियार, प्रेम प्रसाद अधिकारी, नारायण प्रसाद पौडेलनयन दिपक भुजेल रहेका छन्

बिद्यार्थी पुनर्मिलन कार्यक्रमका संयोजक शिबकृष्ण पौडेलले नयाँ गठित समितिलाई बधाई दिदै आउँदा दिनमा अझै बढी हातेमालो सहकार्य गर्नुपर्ने, समयसगै बदलिएको शैक्षिक आबश्यकतामा काम गर्न शुभकामना दिएका थिए साथै पुनर्मिलन कार्यक्रममा अभिन्न अङ्ग भएर लाग्नुहुने सबै धन्यवादको पात्र भएको, सबैको साथ   सहयोगको कारण कार्यक्रम अत्यन्त सफल भएकोमा सरोकारवाला सबैलाई धन्यवाद दिएका थिए

62Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected