61Shares

पोखरा भ्यूज

पोखरा । नेपाल बितरक महासंघले भूकम्पमा परेका पीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । महासंघको अगुवाईमा जिल्ला संघहरुको उत्साहजनक साथ समर्थनले करिव १५ लाख बराबरको राहतसामग्री वितरण गरिएको महासंघका अध्यक्ष हरिराज पन्तले जानकारी दिए

अध्यक्ष पन्तका अनुसार भूकम्प जादाँको भोली पल्ट नै महासंघले आवाहन गरे पश्चात स्वतः स्फूर्त रूपमा संकलित राहत सामग्री भूकम्पपीडित परिवारलाई संघले वितरण गरेको हो 

नेपाल बितरक संघ सूर्खेतको अगुवाईमा कुसे गाउपालिका अन्तर्गत टालेगाउँ, अर्थानी, धिमे र पैकमा चार सय घरधुरीलाई राहत सामाग्री वितरण गरिएको नेपाल बितरक महासङका केन्द्रीय सदस्य मदन राज न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय जाजरकोटसँगको सहकार्य तथा स्थानीय सरकारको रोहवरमा अत्यावश्यक खाध्य सामग्री वितरण गरिएको न्यौपानेले बताए ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर १७ गते शुक्रबार राति ११:४७ मा गएको . म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति सयौँ घाइते भएका छन्।

61Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected