0Shares

पोखरा भ्यूज

५ मंसिर, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

७ न्यायाधीश रिक्त रहेको सर्वोच्चमा अझै एक जना न्यायाधीशको नाम सिफारिस हुन सकेको छैन । राजनीतिक भागवण्डाको खिचातानीले ६ जनाको नाम मात्र सिफारिस भएको स्रोतले दावी गरेको छ ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् ।

त्यस्तै कानून व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको छ । पोखरेल नेपाल बार एशोसिएसनका पूर्वमहासचिव हुन् भने ढकाल सर्वोच्च वार एशोसिएसनका पूर्वसचिव हुन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected