0Shares

पोखरा भ्यूज
५ मंसिर, काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचन हटाएर गतिशील बनाउन सरकारले छलफल सुरू गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र लगायतसँग मंगलबार सिंहदरबारमा छलफल गरेका हुन्।

छलफलमा निजी क्षेत्र, अर्थविद, अर्थक्षेत्रका सरोकारवाला प्रतिनिधिहरुको सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्न केही दिनदेखि छलफल गरिरहेको छ। छलफलमा मन्त्रीहरू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित सत्ता गठबन्धन दलका नेताहरूको पनि सहभागिता छ ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले पनि छलफलमा सहभागी छन्। यसअघि प्रधानमन्त्री दाहालले सोमबार अर्थमन्त्री प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी लगायतसँग पनि छलफल गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected