33Shares

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १८ अन्तर्गतका क्लबहरुको दोस्रो जोन मिटिङ सम्पन्न भएको

विहिवार होटल पौवामा जोन १८ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा अभियान, पोखरा सिभिक, पोखरा ग्लोवल लेकसिटी पोखरा इन्फरमेसन टेक्नोलोजीका क्लब अफिसर साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिड़रको उपस्थितिमा डिष्ट्रिक्ट गर्भनर्स सेकेण्ड एडभाईजरी मिटिङ सम्पन्न भएको हो

जोन १८ का जोन चेयर पर्सन कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न दोस्रो जोन मिटिङमा जिएलटी डिष्ट्रिक्टकोअर्डिनेटर अमृत शोभा खत्री, मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी प्रेमप्रसाद दाहाल, रिजन मेन्टर एवं डिष्ट्रिक्ट सिनियर एडभाईजर नगेन्द्रराज बराल लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

जोन चेयरपर्सन कृष्ण लम्सालले पेश गरेका मिटिङका एजेन्डामा व्यापक छलफल गरी कार्यान्वयनका लागि क्लब पदाधिकारीलाई आग्रह गरिएको थियो

मिटिङमा लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेल, पोखरा सिभिकका रेशम खड़का, पोखरा ग्लोवल लेकसिटीका रेशमलाल श्रेष्ठ पोखरा इन्फरमेशन टेक्नोलोजीका सनरोज गुरूङले क्लबले हालसम्म गरेका सामाजिक कार्यहरुको प्रगतिविवरण सहितको भावी कार्यक्रम प्रस्तुत गरेका थिए साथमा पोखरा अभियानका सचिव बिनोद आचार्य र ग्लोबल लेकसिटीका सचिव नवराज सुवेदीले सचिवको प्रतिवेदन, पोखरा अभियानका कोषाध्यक्ष नवराज शर्मा पौडेल इन्फरमेशन टेक्नोलोजीका कोषाध्यक्ष मुकेश अर्यालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए

मिटिङमा बोल्दै जिएलटी डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतशोभा खत्रीले जोन १८ अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएकोमा बधाई दिदै आगामी दिनको सफलताको शुभकामना ब्यक्त गरेकी थिईन्   त्यस्तै, मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी प्रेमप्रसाद दाहाल, रिजन मेन्टर एवं डिष्ट्रिक्ट सिनियर एडभाईजर नगेन्द्रराज बरालले डिष्ट्रिक्ट अन्तर्गतका शशक्त क्लबहरूले कार्यकाल सुरूवातको पाँच महिनामा उल्लेखनिय कार्यहरु गर्न सफल भएकोमा प्रशंसा गरेका थिए

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected