0Shares

पोखरा भ्यूज

९ मंसिर, काठमाडौं । सुत्केरी गराउन प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएकी महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका वडा नंं ३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको शल्यक्रियामातर्फत् सुत्केरी गराएपछि मृत्यु भएको हो ।

शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही अस्पताल लगिएकोमा वैदेहीलगायत अन्य निजी अस्पतालहरुले भर्ना नलिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

चिकित्सकले शल्यक्रिया गरी सुत्केरी गराएका थिए । छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको बताइएको छ । शिशुको अवस्थामा भने सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

सुत्केरी तजवुलको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीको कारण मृत्य भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन् । आफन्तहरुको प्रदर्शनले अस्पताल तनावग्रस्त हुन पुगेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected