18Shares

पोखरा भ्यूज
पोखरा, १० मंसिर । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरमा प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गरि हीरक जयन्तीको एक वर्षे कार्यक्रम थालनी गर्ने भएको छ । २० मंसिरमा विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने भएको हो ।
हीरक जयन्तीको शुभारम्भ र प्रभातफेरी कार्यक्रमको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेलामा भएको छलफल पछि मुल समारोह समितिले तयार गरेको प्रभातफेरी सगै शुभारम्भ कार्यक्रमको कार्यतालिका पारित गरेको हो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले हीरक जयन्तीका विविध विषयका बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए । प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने राणाले जानकारी दिए ।
प्रभातफेरी कार्यक्रमका संयोजक महेन्द्र श्रेष्ठले नदिपुरबाट सुरु हुने प्रभाफेरीमा पञ्चे बाजा सगै सरस्वतीको झाकी सगै ७५ जना विद्यार्थीहरु विभिन्न भेष भुषामा रहनेछन् । त्यसपछि विद्यालयका जग्गदाता पराजुली परिवार र विद्यालय स्थापना हुदा रहेका संचालक समितिका व्यक्तीहरुको फोटो रहनेछ । २००६ सालदेखी २०७८ सालसम्मका प्रत्येक व्याचको प्ले कार्ड सहित पुर्व विद्यार्थीहरु, विभिन्न जात जातिका झँाँकी सहित नदिपुरबाट निस्केको प्रभातफेरी र्याली पालिखेचोक, तेस्रापट्ी, नालाकोमुख, भिमसेनटोल, बागबजार हुदै विद्यालय परिसर पुरानो टुँडिखेलमा आएर हीरक जयन्ती शुभारम्भ सभामा परिणत हुने भएको छ ।
हीरक जयन्तीका लागि १००१ सदस्य मुल समारोह समिति, १५ सदस्य सल्लाहकार समिति, ४१ सदस्य कार्यसम्पादन समिति र विभिन्न पाँच बटा उपसमितिहरु गठन गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले जानकारी दिए । स्वास्थ्य उपसमितिको संयोजकमा डा वसन्त ताम्राकार, मञ्च व्यवस्थापनमा रमेश प्रसाद पौडेल, प्रचार प्रचारमा नारायण प्रसाद चापागाई, जलपानमा वरुण विक्रम राणा, प्रभातफेरीमा महेन्द्र श्रेष्ठ रहेका छन् । आवश्यक अन्य समितिहरु समेत गठन गदै सापकोटाले जानकारी दिए ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको भेलामा प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा, पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ, विद्यालयका पुर्व विद्यार्थी, शिक्षक सगै व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रामराज रेग्मी, पुर्व विद्यार्थी आन्दराज मुल्मी, प्रचार प्रचार संयोजक नारायण प्रसाद चापागाई, पुर्व विद्यार्थी महेन्द्र श्रेष्ठ, सुजन लम्साल लगायतले आ आफनो सुझाव दिएका थिए ।
२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्कीकृती पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमाणर्को काम सुरु भएको थियो । नदिपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको हो । त्यसपछि श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निमाणर् सम्झौता भएको थियो । भवन निमाणर्को शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तिणर् भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु र्भको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्य्यनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको सुचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected