27Shares

पोखरा भ्यूज

पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीको अध्यक्षमा धिरज गौतम निर्वाचित भएका छन् । संघको ८ र ९ गते सम्पन्न दोस्रो अधिवेशनले गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नव निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्तोष पराजुली, उपाध्यक्ष (थोक)  सुमन तिवारी, उपाध्यक्ष (खुद्रा) अर्जुन कार्की, महासचिवमा अमृत थापा, कोषाध्यक्षमा बिक्रम राज पहारी, सचिवमा राम पौडेल र उप-कोषाध्यक्षमा शिर्षक शर्मा रहेका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा क्रमशः गणेश बञ्जाडे, सुमन सापकोटा, सदस्य सीता सुवेदी, शोभाकर पाण्डे र कमला गौतम निर्वाचित भएका छन् ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected