5Shares

पोखरा भ्यूज

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमाथि आक्रमण भएको छ । ताप्लेजुङको सदरमुखकाम फुङलिङ्बाट फर्कने क्रममा उनी चढेको गाडीमाथि ढुंगा प्रहार भएको हो ।

आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङले पुष्टि गरेको छ ।

ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको भए पनि गाडी सवार नेता भट्टराई समेतका नेताहरु शकुसल रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिएका छन् ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected