29Shares

पोखरा भ्यूज

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनका क्रममा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ ।

गेरुवस्त्र र त्रिशुलसहित प्रदर्शनमा सहभागी भएका उनले उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । उनलाई प्रहरीवृत्त जनसेवामा राखिएको छ ।

प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।आजको प्रदर्शनमा ३८ प्रदर्शनकारी घाइते भएका छन् ।

गौशालामा भएको आन्दोलनमा प्रहरीसँगको मुठभेडमा ३८ जना घाइते भएका हुन् । घाइतेमध्ये अधिकांश बारामा महिला छन् । प्रसाईले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै गुरुहरुलाई आक्रमण भएको भन्दै मंगलर पानि पनि गौशालामा प्रदर्शन गर्ने बताएका छन् ।

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected