30Shares

पोखरा भ्यूज

गोरखा, ११ मंसिर  लायन्स क्लब अफ पोखरा अञ्जुली पोखरा आरम्भले सोमवार गोरखाका विभिन्न स्थानमा विविध सामग्री वितरण गरेको

जहाँ आवस्यकता त्यहाँ लायन्सभन्ने मूल मन्त्रलाई आत्मसात गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको महिला मात्रको क्लब पोखरा अञ्जुली गत बर्ष मात्र स्थापना भएको क्लब पोखरा आरम्भको संयुक्त आयोजनामा गोरखा बजारमा अवस्थित नेत्रहिन संघमा २५ थान सेतो छडि, गोरक्षनाथ गुरुकुल विद्याआस्रममा खाद्यान्न कर्मासिंह आधारभूत बिधालयका विद्यार्थीको लागि स्टेसनरी सामग्री हस्तान्तरण गरेको हो

गोरखा, हरमटारी स्थित सेतो छडी वितरण कार्यक्रममा गोरखा नेत्र हीन संघ गोरखाका कार्यक्रम संयोजक पवन बस्नेत सचिव परशुराम भट्टले सेतो छडी ग्रहण पश्चात मनकारी संस्था लायन्स क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै लायन्स असहायको मन मनमा बस्न सफल भएको बताए

यसैगरी, गोरखा नगरपालिका, छहरेमा अवस्थित गोरक्षनाथ वैदीक गुरुकुल विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद उपाध्यायले खाद्यान्न ग्रहण गर्दै सहृदय रूपमा मन फुकाउनु भएकोमा क्लब परिवारप्रति आभार व्यक्त गरे  उनले विभिन्न संघ संस्थासँगको सहयोग एवं दान दान्तब्यबाट नै गुरूकुल संचालन भएकोले अन्य सहयोगको पनि अपेक्षा गरेका थिए

त्यस्तै, गोरखा१३, कर्मासिंह फाँटमा अवस्थित कर्मासिंह आधारभूत बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर भट्ट, बिधालयका प्रधानाध्यापक शान्तमणि कैनि, अभिभावक एवं नेपाल राष्ट्रिय अबिभावक संघका केन्द्रीय सदस्य हरिप्रसाद कैनि शिक्षिका दुर्गा देवी देवकोटाले बिशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा हामीले लायन्स क्लबलाई चिन्दछौं, लायन्सको सहयोगप्रति आभार ब्यक्त गर्दै निरन्तर सहयोगका लागि आग्रह गरेका थिए

हाल युकेमा रहेका योगेन्द्र थापा दक्षिण कोरियामा रहेका देवेश बस्नेतको आर्थिक सहयोग लायन्स क्लब अफ पोखरा अञ्जुलीका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतशोभा खत्रीको संयोजन लायन्स क्लब अफ पोखरा अञ्जुली पोखरा आरम्भको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो

लायन्स क्लब अफ पोखरा अञ्जुली पोखरा आरम्भका अध्यक्षद्वय मिना पौडेल एवं कर्ण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक एवं डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतशोभा खत्री, डिष्ट्रिक्ट कोअर्डिनेटर ऋषि गिरी, डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारी, एडिसनल डिष्ट्रिक्ट कोअर्डिनेटर बिकाश थापा, रिजन चेयरपर्सन भावना बसेल, क्लबका पूर्व अध्यक्ष एवं जोन चेयरपर्सन सान्तावना पराजुली, लायन्स क्लब अफ पोखरा अञ्जुलीका द्वित्तिय उपाध्यक्ष निर्मला थापा, सदस्य कल्पना अधिकारी, पोखरा आरम्भका प्रथम उपाध्यक्ष सुजन भण्डारी, लायन्स क्लब अफ गोर्खा दरौंदीका कोषाध्यक्ष हरिमान सिंह बस्न्यात लगाएतको उपस्थिति रहेको थियो

लायन्स क्लब अफ पोखरा अञ्जुली लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको एक उदाहरणिय क्लब रहेको , क्लबले प्रत्येक बर्ष स्टेशनरी, खाद्यान्न, सेतो छडी वितरण कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected