17Shares

पोखरा भ्यूज

पोखरा । संचार व्यवसायी समिति कास्कीको २७औं साधारण सभा एवं १४औं अधिवेशन सम्पन्न भएको छ । शनिवार पोखरा न्यूरोडस्थित सरुमा चुल्होमा सम्पन्न अधिबेशनले दीपेन्द्रबहादुर आलेको अध्यक्षता सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा रेशम खड़का, सचिवमा गणेश पराजुली र कोषाध्यक्षमा किरण ढकाल चयन भएका छन् । त्यस्तै, सदस्यमा बिकास कँडेल, मातृका पोखरेल, मित्र बन्धु बराल चयन भएका निर्वाचन संयोजक रूद्र कार्कीले बताए । निर्वाचन गराउनका लागि रूद्र कार्की संयोजक र सदस्यमा बिनोद ढुंगाना र प्रेमप्रसाद दाहाल रहेका थिए । नयाँ कार्यसमितिले सल्लाहकार संयोजकमा बिनोद ढुंगानालाई चयन गरेको छ ।

समितिका अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल बितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले संचार व्यवसायी समिति पुरानो संस्था हो, यसलाई जीवन्त राख्दै व्यवसायी बिच एक़ता र भाईचाराको सम्बन्धलाई बिस्तार गर्न सुझाएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार बिनोद ढुंगाना, सचिव रमेश खड़का लगाएतले संस्थाको गतिबिधि बारे प्रकाश पारेका थिए ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected