2Shares

एजेन्सी

१८ मंसिर, इन्डोनेसिया। इन्डोनेसियाको मारापी पर्वतमा आइतबार भएको ज्वालामुखी विस्फोट परी ११ जना पदयात्रीको मृत्यु भएको छ । विस्टोमा१२ पदयात्री बेपत्ता भएका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।

उक्त ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । गाडी र घरहरु धुवाँ र खरानीले ढाकिएको देखिएको थियो । पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।

स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन भनिएको छ।
इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected