1Shares

पोखरा भ्यूज

२२ मंसिर, काठमाडौं । उपल्लो सदन अर्थात् राष्ट्रियसभा निर्वाचनकाृ मिति नजीक आइरहँदा नेपाली काँग्रेसका ४ नेताले समानुपातिक सूचीबाट नामा हटाएका छन् ।

गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताहरु गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारले पार्टीबाट सिफारिस गरी आआफ्नो नाम सूचीबाट हटाएका हुन् ।

पार्टीले निर्वाचन आयोगमा सिफारिस गरी उनीहरुको नाम हटाएको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले पुष्टि गरे । राष्ट्रियसभाको निर्वाचन आउँदै गर्दा पार्टीको सिफारिसका आधारमा नेताहरुको नाम समानुपातिक सूचीबाट हटाइएको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ ।
फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ ।

२३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्ने कानूनी व्यवस्था छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected