86Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजना तथा हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोगमा नि:शुल्क आखाँ शिविर सम्पन्न भएको

सोमवार कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित धारापानी माध्यमिक बिधालयमा सम्पन्न शिविरमा १८१ जनाको निःशुल्क आखाँ जाँच गरिएको क्लबका अध्यक्ष दामोदर आचार्यले बताए परीक्षण गरिएका मध्ये चार जनामा गम्भीर समस्या देखिएको हुदाँ थप उपचारका लागि हिमालय आखाँ अस्पतालमा रिफर गरिएको छ । क्लबका पूर्व अध्यक्ष डिष्ट्रिक्ट ३२५ आई नेपालका भिजन आई एड़िशनल डिष्ट्रिक्ट कोअर्डिनेटर भरतराज सिग्देलको जन्मदिनको अवसर पारी शिविरको आयोजना गरिएको क्लबले जनाएको

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता, अन्नपूर्ण का वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलको प्रमुख आतिथ्यता, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्युनिकेसन डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारीको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका भिजन आई एड़िशनल डिष्ट्रिक्ट कोअर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष भरतराज सिग्देल, डिष्ट्रिक्ट चि बसन्त कोईराला, जोन चेयरपर्सन एवं निवर्तमान अध्यक्ष रूक बहादुर गुरूङ, लियो क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष सन्देश सिग्देल, क्लबका पदाधिकारी एवं सदस्यहरू अबिभावक एवं स्थानीयको उल्लेख्य सहभागिता रहेकोथियो

प्रमुख अतिथिको मन्तव्य राख्दै वडाध्यक्ष पौडेलले लायन्सले समुदायमा गरेको सेवाका कार्यबाट प्रभावित भएको बताउदै वडाको तर्फबाट सहकार्य गरी थप रचनात्मक कार्यमा हातेमालो गर्न आग्रह गरे ।    

डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्युनिकेसन डिष्ट्रिक्ट कोअर्डिनेटर टंकराज अधिकारीले बिशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब रहेको बताए आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित स्वतन्त्र राख्न अग्रसर हुनु नै लायन्स रहेको बताउदै लायनवादले समाजमा दिने भनेको समाजसेवा, नेतृत्व विकास भाईचारा सम्बन्धको बिस्तार गर्ने अवसर रहेको बताए

कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष भरतराज सिग्देलले आँखाको महत्व बारे प्रकाश पार्दै बिशेषगरी स्कुले बच्चाहरूको जंक फुड मोह तथा उनीहरूले प्रयोग गर्ने अहिलेका नयाँ प्रविधिको समय कन्ट्रोल गर्न नसक्दा आँखाको भिजनमा कमि आएको हुन सक्छ, सोही विषयलाई मध्यनजर गरी क्लबले हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोगमा  बिधालयमा सिविर संचालन गरेको बताए

स्थानीय समाजसेवी शिक्षाप्रेमी महेश्वर पौडेलले लायन्स क्लबको आयोजनामा भएको शिविरको भरपूर लाभ लिन अनुरोध गरेका थिए । बिधालयका प्र हरिप्रसाद भण्डारीले बिधालयका गतिविधि बारे प्रकास पार्दै लायन्स क्लबको सहयोग प्रतिआभार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्लबका तृतीय उपाध्यक्ष भगवान श्रेष्ठले गरेका थिए

86Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected