1Shares

पोखरा भ्यूज
२७ मंसिर, पोखरा । ज्वरोले सिकिस्त भई पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका १९ वर्षिय संगम मिश्र सम्पर्क विहीन भएका छन् ।
तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै मिश्र बिरामी भएपछि उपचारका लागि मंसिर २५ गते मणिपाल शिक्षण अस्पताल लगिएकोमा उनी आकस्मिक कक्षबाटै बेपत्ता भएका थिए ।

मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएको समयमा उनी आकस्मिक कक्षबाटै सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।

मिश्रको खोजतलासका क्रममा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले उनको खोजीका लागि सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ड्याम बिहीबार १२ बजेदेखि ४ बजेसम्म खोलिने कास्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected