0Shares

पोखरा भ्यूज

२९ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिनापचि जेल मुक्त भएका छन् । उच्च अदालत पाटनले मागेको ३० लाख धरौटी बुझाएर शुक्रबार खाँड जेल मुक्त भएका हुन् ।

उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।खाँणले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएकोमा खाँणले बैंक ग्यारेन्टी राखेपछि शुक्रबार उनी जेल मुक्त भएका हुन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए । अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका छन् ।

अब खाँड जेल बाहिर नै बसेर मुद्दामा पुर्पक्ष गर्ने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected