3Shares

पोखरा भ्यूज

पोखरा । चेपाङ बालबालिका बिधार्थीको लागि स्टेशनरीसहित न्यानो कपडा प्रदान गरिएको । विहिवार धादिङ जिल्लाको बेनीघाट रोराङ१०, ताकथलीस्थित जलकन्या आधारभूत बिधालयमा अध्ययनरत ६८ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो

लायन्स क्लब अफ पोखरा अञ्जुलीको आयोजनामा चेपाङबस्तीका  बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको क्लबका अध्यक्ष मिना पौडेलले बताईन्  , उनिहरूका अबिभावकको लागि पनि फाईवर सिरकसहित अन्य लत्ता कपड़ा गरी चार लाख बढीको सामग्री वितरण गरेको उनले बताईन्

न्यानो कपडा सहित स्टेशनरी सामग्री पाएसँगै चेपाङ बालबालिकामा खुसी छाएको  साँझबिहान हातमुख जोर्न धौधौ पर्ने यी परिवार कहीँ कतैबाट राहत आएमा मात्रै खुसीको सास फेर्छन् वडासदस्य प्रेमकुमारी दर्जी भन्छिन्, ‘कसैले खाद्यान्न कसैले लत्ताकपडा ल्याइदिन्छन् अरू खेति लगाउन छाडीसकेमकै सिमी बाहेकअन्य अन्न उत्पादन गर्न छाडे, ज्याला मदजुरी गरेर खाने परिवारलाई यो सहयोगले राहत मिलेको दर्ज़ीको भनाई थियो ।           

कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष बिना पाईजाका अनुसार क्लबले बिधार्थीका लागि बिधालय जानकालागि अत्यावश्यक सामग्रीहरू कपी, कलम, सिसाकलम, पेन्सिल कटर, इरेजर, कलर पेन्सिल झोला सहितको स्टेशनरी समान  टोपी, ट्रयाक सुट, जुत्ता, चप्पल सहितको न्यानो कपड़ा वितरण गरेको त्यस्तै, अबिभावकका लागि ७९ थान सिरक सहित दैनिक प्रयोगमा आउँने लत्ता कपड़ा बिधालयमा अध्यापन गराउने शिक्षक/शिक्षिकाको लागि ज्याकेट डायरी कलम वितरण गरेको हो 

सामान्य ज्यालामजदुरी, अधियाँ खेतीबाली, बाख्रा कुखुराबाट गुजारा चलाउदै आएको बर्ष ३३ की सोमाया चेपाङ बताउछिन्  स्कुल आउँदा पनि यिनै कपडा, घरमा बस्दा र सुत्दा पनि यही नै हो चार जना छोराछोरी छन् ओढ़ने पनि थिएन ठुलो राहत मिलेको उनले सुनाईन् । आर्थिक, शैक्षिक, स्वास्थ्य रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गाउँमा कसैको राम्रो आम्दानी हुने रोजगार छैन, मेलापात ज्याला मजदुरी गरी खान्छन् धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबैनीको धरालोमै भुल्ने गरेको शिक्षक नबिन्द्र चेपाङ बताउँछन्

क्लबका अध्यक्ष मिना पौडेलको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डेको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट कोअर्डिनेटरहरू अमृतशोभा खत्री, ऋषि गिरी, टंकराज अधिकारी, रिजन चेयरपर्सन भावना बसेल, जोन चेयरपर्सन सान्त्वना पराजुलीलगाएत क्लबका पूर्व अध्यक्ष, क्लब पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको क्लबका सचिव पुजा सिलवालले बताईन्

सामग्री प्रदान गरे पश्चात आफ्नो भनाई राख्दै डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले चेपाङ बस्तीमा अति आवश्यक सामग्रीहरू वितरण गरी बाल बालिकाका अनुहारमा मुस्कुराहत ल्याउने काम क्लबले गरेको छ, हामी लायन्सले गर्ने नै यहि हो, यि यस्तै कार्यले समाजमा लायन्स ब्रान्डिङ हुदै गएको बताए 

बिधालयका प्रधानाध्यापक चिजा रावतले क्लब परिवारलाई धन्यवाद दिँदै स्टेशनरी सामग्री सहित न्यानोकपडा बालबालिकालाई उपलब्ध गराइएको छ चिसो मौसममा राहत पुगेको बताउदै यस्ता राहतस्वरूपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्  

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected