0Shares

पोखरा भ्यूज

१३ पुस, काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका छन् ।
कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अन्तर्गत जहाज निर्माण कम्पनीका लागि भाषा परीक्षमा अनुत्रीर्ण युवाहरुले उत्पादन समूहतर्फ परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीलाई रोकेर मन्त्री ज्वालालाई गाडीबाट झर्न लगाई गाडीमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । यद्यपि प्रदर्शनकारीहरुले सडक पनि अवरोध गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुको प्रदर्शनले अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीलाई नियन्त्रण लिन प्रहरीले अश्रुँग्यास प्रहार गरेको छ ।

भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएका युवाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected